‘३० मिनेट खेलाउने’ वाचाले रोनाल्डो र जेससबीच विवाद
nepalviews.com · Thu Oct 01 11:03:39 GMT 2026
काठमाडौं । पोर्चुगलका पत्रकार नुनो लुजले राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र मुख्य प्रशिक्षक जर्ज जेससबीचको विवादबारे नयाँ विवरण सार्वजनिक गरेका छन् । उनले विवाद समाधान गर्न बोलाइएको आकस्मिक बैठकमा भएका कुरासमेत खुलाएका छन् ।
विवादको सुरुवात नर्वेविरुद्धको पछिल्लो खेलबाट भएको थियो । उक्त खेलमा रोनाल्डोले पूरा समय बेन्चमै बिताएका थिए । पोर्चुगलले यूईएफए नेसन्स लिगको उक्त खेल २–१ ले जिते पनि मैदानमा खेल्न नपाएपछि अल नासरका कप्तान रोनाल्डो निकै असन्तुष्ट बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)