मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानद्वारा भारतमाथि ‘पानीलाई हतियार बनाएको’ आरोप

barnanmedia.com · Fri Dec 19 21:45:01 GMT 2025

पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शुक्रबार यस्तो कदमले विश्व बैंकको मध्यस्थतामा सन् १९६० मा भएको सिन्धु जल सन्धिको उल्लङ्घन गरेको र यसले क्षेत्रीय शान्ति तथा स्थिरतालाई गम्भीर खतरा पुर्‍याएको बताउनुभयो ।

पाकिस्तानको विदेश मन्त्रालयले चेनाब नदीबाट अनियमित रूपमा पानी छोडिएको विषयमा स्पष्टीकरण माग्दै नयाँदिल्लीलाई पत्र लेखेको एक दिनपछि दारको यो प्रतिक्रिया आएको हो । उहाँका अनुसार भारतले पाकिस्तानको कृषि चक्रको अत्यन्त संवेदनशील समयमा पानीको प्रवाहमा हेरफेर गरिरहेको छ, जसले किसानको जीविकोपार्जन मात्र नभई, देशको खाद्य तथा आर्थिक सुरक्षालाई समेत जोखिममा पारेको छ । चेनाब नदीबाट हालै भएको अनियमित पानी छोडाइ यसै हप्ता पत्ता लागेको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)