अमेरिकामा जनरल र एडमिरलको सङ्ख्या २० प्रतिशत घटाइयो
kendrabindu.com · Thu Oct 01 11:16:08 GMT 2026

वासिङ्टन । अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले अमेरिकी सेनाका जनरल र एडमिरलको सङ्ख्या २० प्रतिशतले घटाइएको बताएका छन् । उनले यो कदमलाई सैन्य नेतृत्वमा ‘जवाफदेहिता’ कायम गर्दै सेनालाई युद्धका लागि थप केन्द्रित, अनुशासित र तयार बनाउने प्रयासका रूपमा प्रस्तुत गरेका हुन् ।
क्वान्टिको सैन्य आधारमा सम्बोधन गर्दै उनले जनरल र एडमिरलमध्ये १० प्रतिशतलाई हटाइएको तथा जनरल अफिसरका पदसमेत थप १० प्रतिशतले घटाइएको जानकारी दिए । उनले अघिल्लो प्रशासनका ‘वामपन्थी विचारधारामुखी’ नीतिभन्दा युद्धमा केन्द्रित सैन्य संरचना निर्माण गर्ने प्रयासमा साथ नदिएका अधिकारीहरू परिवर्तनको प्रक्रियामा परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)