एउटै स्टेजमा दर्शक तताउँदै प्रमोद, प्रकाश र देबेन्द्र
kalakarmi.com · Thu Oct 01 11:23:06 GMT 2026

काठमाडौं- तेह्रथुमको म्याग्लुङमा गायक प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लु एउटै स्टेजमा प्रस्तुत हुँदा भव्य सांगीतिक माहोल बनेको छ । दशौं हजार दर्शकमाझ तीनै कलाकारले आ–आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा म्याग्लुङको साँझ संगीतमय बनेको हो ।
कार्यक्रममा प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ तथा देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरे । प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका ब्याण्ड र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डको विशेष लाइभ प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)