मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तेह्रथुमबाट सुरू भयो 'सुरताल म्युजिकल टुर'

setopati.com · Thu Oct 01 11:16:00 GMT 2026

प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लु एउटै स्टेजमा प्रस्तुत हुँदा तेह्रथुमको म्याग्लुङमा भव्य सांगीतिक माहोल बन्यो। हजारौं दर्शकमाझ तीनै कलाकारले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा म्याग्लुङको साँझ संगीतमय बनेको हो।

'सुरताल म्युजिकल टुर २०८३'अन्तर्गत आयोजित कार्यक्रममा प्रमोद खरेलले 'ओइ झुमा, ओइ झुमा', प्रकाश सपूतले 'गलबन्दी च्यातियो तिम्ले तानेर', देबेन्द्र बब्लुले 'मुस्कान बनी ओँठमा आइदेऊ' लगायतका गीत प्रस्तुत गरेका थिए। प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका नेपाल र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डले लाइभ प्रस्तुति दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)