साहुले जग्गाजमिन पनि हडपे, उल्टै ऋणीलाई मुद्दा लगाए
annapurnapost.com · Tue Sep 13 01:06:00 GMT 2022
धनुषा : महोत्तरीको मटिहानी नगरपालिका–१ सानो धिरापुरका ५० भन्दा बढी घरपरिवारलाई मिटरब्याजी साहुले वर्षौंदेखि अत्याचार गर्दै आएका छन्। जहाँ अधिकांश दलित समुदायको बसोबास छ। स्थानीयवासी कोहीभन्दा कोहीको पीडा कम छैन।
तिनै पीडितमध्ये एक हुन् ५५ वर्षीया तेत्री देवी। ४० किलो चामलकै कारण उनको परिवारको उठीबास भएको छ। उनले २५ वर्षअघि गाउँकै जगदीश साहबाट ४० किलो चामल लिएकी थिइन्। श्रीमान् चन्देश्वर खत्वे बिरामी भई थला परेपछि उनले छाक टार्न तमसुक बनाएर ऋणमा चामल ल्याएकी हुन्। त्यसको दुई वर्षपछि साहले भारतीय रुपैयाँ २० हजार फिर्ता गर्न ताकेता गरे। ४० किलो चामलकै ३२ हजार रुपैयाँ (नेपालीमा रूपान्तरण गर्दा) ? तेत्रीलाई अच्चम लाग्यो। तर, रकम तिर्नुको विकल्प रहेन। उनले साहुकै मागअनुसार पैसा बुझाइन्। ऋण फरफारक भयो भन्नेमा तेत्री ढुक्क भइन्। तर, तीन वर्षअघि साहले तेत्रीको सारा सम्पत्ति डाक लिलाम गरेर आफ्नो नाममा पारेका छन्। तीन कित्ता गरेर सात धुर जग्गा साहुले कब्जा गरेको तेत्री बताउँछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)