मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विभिन्न पार्टीका युवा नागरिक उन्मुक्तिमा प्रवेश

lokaantar.com · Sun Feb 05 23:23:12 GMT 2023

विभिन्न पार्टी परित्याग गरी युवाहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले आइतबार गरेको कार्यक्रममा युवाहरु सो दलमा प्रवेश गरेका हुन् ।

राप्रपा नेपालका संस्थापक समूहका नेताहरु र नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्य रमेश महतेले पार्टी परित्याग गर्दै नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राजेश अधिकारीले नागरिक उन्मुक्ति पार्टीको मुद्दालाई बुझेर पार्टीमा प्रवेश गर्नेको लहर बढेको बताए । नवप्रवेशीलाई सांसद लालवीर चौधरीले खादा लगाएर पार्टीमा स्वागत गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)