राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा टेबुल
hamrakura.com · Thu Oct 01 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाबाट संशोधनसहित पारित भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ सम्बन्धी सन्देश राष्ट्रिय सभामा पेस (टेबुल) गरिएको छ। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त उक्त विधेयक र त्यससँग सम्बन्धित सन्देशबारे औपचारिक रूपमा जानकारी गराउँदै टेबुल गरिएको हो।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२३ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाबाट फिर्ता पठाइएको सन्देश सभासमक्ष पेस गरिएको छ। प्रतिनिधिसभाको गत असोज १४ गते बसेको बैठकले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनका आधारमा परिमार्जन र संशोधन गर्दै सो विधेयक पारित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)