मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मापदण्ड विपरीत सञ्चालित बुढानीलकण्ठको आयुर्वेद संस्था बन्द

ratopati.com · Thu Oct 01 11:46:04 GMT 2026

काठमाडौँ । ​आयुर्वेद चिकित्सा परिषद् नेपालले तोकिएको सेवा स्तर तथा सञ्चालन मापदण्ड निर्देशिका पालना नगर्ने आयुर्वेद स्वास्थ्य संस्थाहरूमाथि कडा कदम चाल्न सुरु गरेको छ ।

परिषद्ले नियमित निरीक्षण र स्थलगत अनुगमनका क्रममा बुढानीलकण्ठ–८ गणेश चोक, काठमाडौँमा सञ्चालित एक आयुर्वेद संस्थाले तोकिएको मापदण्ड बमोजिम सेवा सञ्चालन नगरेको भेटिएपछि केही दिन अघि उक्त संस्था बन्द गराइएको जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)