मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङ झडपको घटनामा शेखर कोइरालाको संलग्नता छैन : सचिवालय

baahrakhari.com · Thu Oct 01 11:53:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भएको झडपमा नेता शेखर कोइरालाको कुनै संलग्नता नरहेको सचिवालयले जनाएको छ ।

अधिवेशन स्थलमा भएको घटनासँग नेता कोइरालाको दुष्प्रचार भएको सचिवालयको जिकिर छ । नेता कोइराला एकता महाधिवेशनको पक्षमा रहेकाले दुवै पक्षको महाधिवेशनमा सहभागी नरहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । ''डा. शेखर कोइराला पार्टीको ‘एकता महाधिवेशन’का पक्षमा रहनुभएको र दुवै महाधिवेशन प्रक्रियाबाट तटस्थ रहनुभएकाले उक्त घटनामा उहाँको कुनै पनि किसिमको संलग्नता नरहेको जानकारी गराउँदछु,” विज्ञप्तिमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)