३० वर्ष सेवा पूरा गरे वा ५५ वर्ष पुगेपछि निजामती कर्मचारी अवकाशमा जाने प्रस्ताव
tourismface.com · Thu Oct 01 11:56:12 GMT 2026

काठमाडौं — लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयक सरकारले संसद्मा दर्ता गरेको छ। प्रस्तावित विधेयकमा हाल कार्यरत केही निजामती कर्मचारीलाई ३० वर्ष सेवा अवधि पूरा भएमा वा ५५ वर्ष उमेर पुगेमा अनिवार्य अवकाश दिने व्यवस्था गरिएको छ।
यो व्यवस्था विधेयक लागू हुँदाको समयमा सेवामा रहेका कर्मचारीका लागि मात्र लागू हुने प्रस्ताव छ। त्यसपछि नियुक्त हुने कर्मचारीका लागि भने अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)