आफ्नै निर्देशिका कार्यान्वयनमा चुक्दै बीमा प्राधिकरण, दुई पुनर्बीमासहित ८ कम्पनी निमित्तको भरमा
arthasansar.com · Thu Oct 01 11:56:33 GMT 2026

कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त भएको मितिले ३ महिना भित्र नियुक्त गरिसक्नु पर्ने व्यवस्था छ । नेपाल बीमा प्राधिकरणको निर्देशिका अनुसार बीमा कम्पनीको सीईओ तीन महिना भन्दा लामो समय रिक्त राख्न पाइदैन ।
बीमकको संस्थागत सुशासन निर्देशिका, २०८० को निर्देशन २५ को उपनिर्देशन ११ मा बीमा कम्पनीको प्रमुख कार्यकारी पद ३ महिनाभन्दा बढी रिक्त हुन नहुने उल्लेख गरिएको छ । यो निर्देशिका जारी गर्ने निकाय बीमा प्राधिकरणले नै यो निर्देशिकालाई कार्यान्वयनमा लैजानु पर्ने हो । तर, नियामकले चासो नदिदा आधा दर्जन बढी बीमा कम्पनी अहिले सीईओ विहीन अवस्थामा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)