स्पेनविरुद्ध इंग्ल्याण्डले गोल फर्कायो, खेल १-१ को स्थितिमा
farakdhar.com · Sun Jul 14 20:36:48 UTC 2024
युरो कप फुबटल २०२४ को फाइनलमा स्पेनविरुद्ध इंग्ल्याण्डले गोल फर्काएको छ । खेलको ७३औँ मिनेटमा परिवर्तित खेलाडी कोल पाल्मरले गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएको हो । उनले जुड बेलिङ्घमको असिस्टमा सुन्दर गोल गरे ।
पाल्मरले कोबी माइनूको ठाउँमा मैदान छिरेको तीन मिनेटमै गोल गरेका हुन् । योसँगै खेल १–१ को बराबरीमा आएको छ । त्यसअघि खेलको ४७औँ मिनेटमा निको विलियम्सको गोलमा स्पेनले सुरुवाती अग्रता लिएको थियो । उनले लामिन यमलको पासमा गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)