नापी कार्यालय कलंकीका सर्भेक्षकविरुद्ध अख्तियारको मुद्दा, ४ करोड ७४ लाख बिगो मागदाबी
kendrabindu.com · Thu Oct 01 12:04:26 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
श्रेष्ठले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको अख्तियारले जनाएको छ । आयोगका अनुसार श्रेष्ठको नियुक्ति भएको मिति २०५३ साल असार २७ गतेदेखि २०८१ साल चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनी तथा उनका एकाघर परिवारका सदस्यहरूको आय–व्ययको विस्तृत गणना तथा विश्लेषण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)