मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शान्ति सैनिकको अदलीबदली

nepalnews.com · Thu Oct 01 12:09:49 GMT 2026

काठमाडौं। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ। सो मिसनमा सहभागी श्री नयाँ गोरख गण १५औं डफ्फालाई बदली गर्न श्री नारायणदल गण १६औं डफ्फाका २०३ शान्ति सैनिक आज त्यसतर्फ प्रस्थान गरेका छन्।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २०३ नेपाली शान्ति सैनिक आजै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार ६९ शान्ति सैनिक कार्यरत छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)