आई लिग खेल्न एन्जिला, साम्बा र गीता भारत जाँदै
thahakhabar.com
काठमाडौं : भारतीय महिला फुटबलको आई लिग खेल्न नेपाली राष्ट्रिय महिला टोलीका ३ जना खेलाडी भारत प्रस्थान गरेका छन्।
राष्ट्रिय महिला टोलीकी गोलरक्षक एवम् कप्तान एन्जिला तुम्बापो सुब्बासहित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र डिफेन्डर गीता राना आज राति भारत प्रस्थान गर्दै छन्। एन्जिला र गीता सेथु एफसीसँग आबद्ध रहँदा सावित्रा गोकुलम केरलाबाट खेल्ने छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)