मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै ढल्केवरमा प्रदर्शन

annapurnapost.com · Thu Oct 01 12:05:58 GMT 2026

धनुषा : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको रिहाइको माग गर्दै धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।

मेडिकल व्यवसायीसमेत रहेका अभियानका संयोजक प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको थियो । सोहीको विरोधमा बिहीबार उनका समर्थकहरुले ढल्केवरमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले 'दुर्गा प्रसाईंलाई रिहा गर, राज्य आतंक बन्द गर, १४ बुँदे सहमति लागू गर, लगायतका नारा लगाउँदै ढल्केवर बजार परिक्रमा गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)