मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खुल्ला त तातोपानी नाका?

nepalnews.com · Thu Oct 01 12:23:27 GMT 2026

१० भदौको आकस्मिक बाढीले काठमाडौँसँगको छोटो दूरीमा पर्ने रसुवागढी नाका क्षतविक्षत भएपछि चीनसँगको वस्तु आयात प्रभावित भएको छ। विपद्को जोखिम देखाउँदै चीन सरकारले काठमाडौँसँग नजिक पर्ने तातोपानी नाका यसअघि नै बन्द गरिसकेको छ। यी दुवैको विकल्पमा मुस्ताङको कोरला नाकाबाट आयात गर्न थालिए पनि ८ असोजपछिको लगातारको वर्षा, बाढीपहिरो र हिमपातले सडक अवरुद्ध भएपछि समस्या भएको छ। चीनसँगका तीनवटै प्रमुख व्यापारिक नाका दसैँ–तिहारको मुखमा प्रभावित भएपछि चाडपर्व लक्षित सामानको आयातसमेत प्रभावित भएको छ।

नाका ठप्प हुँदा बजारमा सामानको आपूर्ति घट्ने र महँगी बढ्ने जोखिम छ। “आयात गर्ने बाटो नै नभएपछि आपूर्तिमै मुख्य समस्या छ,” नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्, “सामान नपाउने भयो, महँगी झन् बढ्ने देखिन्छ।”

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)