रविको साथ खोज्दै प्रचण्ड, रुपन्देही उपनिर्वाचनमा रास्वपालाई सघाउला माओवादीले?
barnanmedia.com · Thu Aug 21 21:32:28 GMT 2025

रास्वपा सभापति रवि लामिछाने गत वर्ष कात्तिकमा पक्राउ पर्दा माओवादीभित्र दुई धार थियो। एउटा पक्ष थियो, पक्राउको विरोध गर्नुपर्छ, अर्काे पक्ष चुपचाप बस्नुपर्छ। लगत्तै माओवादीले सरकारविरुद्ध खबरदारी अभियान थाल्दा पनि, रविको पक्राउबारे माओवादी औपचारिक रुपमा बोलेन। रविलाई कास्की मात्र होइन, रुपन्देही, काठमाडौं, चितवन र पर्सा लैजाँदा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेनन्। गत चैतदेखि त भैरहवा कारागारमा पुगेपछि बरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भेट्न पुगे। तर, प्रचण्ड गएनन्। यद्यपि प्रचण्ड पछिल्लोपटक रविमाथिको मुद्दाबारे बोल्न थालेका थिए।
रविलाई नक्खु कारागार ल्याएको २ दिनमै प्रचण्डले बुधबार भेटे। अनि सदाझैं भावुक अभिव्यक्ति दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)