लागुऔषध नियन्त्रण ब्यूरोलाई कम्युटर हस्तान्तरण
ratopati.com · Thu Oct 01 12:30:41 GMT 2026

काठमाडौँ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोलाई दुई वटा संस्थाले कम्युटर प्रदान गरेका छन्। काठमाडौँमा सञ्चालित किवानिस चिल्ड्रेन फन्ड नेपाल र प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले कम्युटर प्रदान गरेका हुन् ।
बिहीबार लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी सुवास बोहरालाई संस्थाका अधिकारीहरूले १६ थान कम्युटर हस्तान्तरण गरेका हुन् । काठमाडौँ बाहिर सञ्चालित शाखा कार्यालयहरूमा दैनिक प्रशासनिक काम सहज बनाउन सो कम्प्युटर प्रयोग गरिने ब्यूरोका एसएसपी बोहराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)