मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : नेपाल पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा
neplays.com · Thu Oct 01 12:35:00 GMT 2026
बुटबल, असोज १५ गते । विभागीय टोलीको नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको समूह ‘ए’ को अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा हरायो । रोमाञ्चक खेलमा पुलिसले मणिमुकुन्द २५–२०, २३–२५, २५–२०, १८–२५, १५–१२ को जित निकालेको हो । लगातार तेस्रो जित निकालेको पुलिस समूह विजेता बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)