मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

टाउको माथि टाउको राखेर ५१ सेकेन्डमा १०० खुड्किला चढेर गिनिज बुकमा नाम

baahrakhari.com · Mon Jan 10 17:24:00 GMT 2022

इन्डिया न्यारेटिभ । भियतनामी दुई एक्रोब्याट दाजुभाइले एकआपसको टाउको जोडेर शारीरिक सन्तुलन मिलाउँदै एउटा स्पेनको चर्च बाहिरको भर्‍याङको १०० खुड्किला चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका छन् । सर्कसमा काम गर्दै आएका दाजुभाइ ३७ वर्षीय गियांग क्युओक र ३२ वर्षीय गियांग क्युओक न्हिएप गिरानास्थित सेन्ट मेरिज चर्चको खुड्किला चढेर यसअघि यसैगरी खुडकिला चढेरे नै कायम गरिएको कीर्तिमान तोड्न सफल भएका हुन् ।

उनीहरूले त्यहाँ ९० खुडकिला मात्र भएकाले आयोजकहरूले आफ्ना प्रस्तुतिका लागि चर्चमा १० वटा खुडकिला थपेको बताएका छन् । पहिलाका खुडकिला भन्दा फरक पदार्थबाट बनाइएका ती थपिएका खुड्किलाको उचाइँ पनि फरक रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)