मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

८५ क्विन्टल अन्नबाट राम–सीताको प्रतिमा : विवाह पञ्चमीमा उल्लासमय जनकपुरधाम

nayapatrikadaily.com · Sun Dec 17 00:24:00 GMT 2023

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आइतबार धुमधामसँग विवाह पञ्चमी मनाइँदै छ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ श्रद्धालु भक्तजन आइपुगेका छन् । २६ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधामको वातावरण उल्लासमय बनेको छ ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । त्रेतायुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध कायम भएको थियो । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग पञ्चमी तिथिमा रामजानकी विवाह पञ्चमी महोत्सवको आयोजना हुने गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)