चिनियां राजदूतको सक्रियता : देउवा,दाहाल र नेपालसंग भेट,ओलीसंग पनि भेट्ने
kathmandupati.com · Fri Jul 16 17:37:03 GMT 2021
काठमाण्डु– नेपालका लागि चिनियां राजदूतले होउ यान्छी फेरी सक्रिय भएकी छन् । उनले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेकी थिईन । यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर नेपाललाई अनुदान सहयोगमा थप १६ लाख डोज कोरोनाको खोप दिने दिने घोषणा गर्दै शुभकामना दिएर फर्केकी थिईन । उनले देउवापछि एमाले नेता माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेकी थिईन ।
पछिल्लो समय त्यत्ति सक्रिय नदेखिएकी चिनियां राजदूत यान्छीले शुक्रवार प्रमुख पार्टीका तीन ठुला नेताहरुसंग भेटघाट गर्नुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)