मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजावादीले शुक्रबार गरेको प्रदर्शनमा १४ स्थानमा आगजनी, ९ संस्था तथा कार्यालयमा तोडफोड

ekantipur.com · Fri Mar 28 19:02:30 GMT 2025

काठमाडौँ — राजावादीले शुक्रबार गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड गरेका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा निजी सम्पत्ति, अस्पताल, संचारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायतका साधनमाथि हिंसात्मक तोडफोड, आगजनी लगायतका अपराधिक घटना गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)