मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै

nepallive.com · Thu Oct 01 13:54:22 GMT 2026

गुल्मी– सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति, समयपालना र सेवा प्रवाहको अवस्था बुझ्न राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा गुल्मीका विभिन्न कार्यालयमा फरक–फरक अवस्था देखिएको छ। कतिपय कार्यालयमा कर्मचारी समयमै उपस्थित नभएको भेटिएको छ भने केही कार्यालयमा विद्युतीय हाजिरी प्रणाली नै नरहेको पाइएको छ।

केन्द्रले २०८३ असोज १४ गते गरेको दैनिक अनुगमन तथा आवश्यक कारबाहीका लागि निर्देशनसम्बन्धी विवरणअनुसार गुल्मीका सरकारी कार्यालयसँगै काठमाडौंस्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण र राष्ट्रिय खेलकुद परिषद्मा समेत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा कर्मचारीको समयपालना, पोशाक तथा आचरण, सेवा प्रवाह र विद्युतीय हाजिरीको अवस्थालाई मुख्य आधार बनाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)