आलमले लिए १५ वर्षको करिअरबाट बिदा
nayapatrikadaily.com · Thu Aug 10 00:27:00 GMT 2023
पाकिस्तानका ओपनर फवाद आलमले १५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । ३७ वर्षीय आलमले अब अमेरिकाको क्रिकेट लिगमा आबद्ध हुने जनाएका छन् । उनी अहिले अमेरिकामा चलिरहेको माइनर लिग टी–२० मा सिकागो किंग्स सेभेनमा आबद्ध छन् । सन् २००७ मा उनले पाकिस्तानी टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अमेरिकामै स्थायी बसोवास गर्ने योजना बनाएका आलमले धेरै अगाडि नै पाकिस्तानको नागरिकता त्यागिसकेका थिए ।
सन् २००७ मा उनले श्रीलंकाविरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए । सन् २०१५ सम्म उनी पाकिस्तानको एकदिवसीय टोलीमै रहे । उनले अन्तिमपटक बंगलादेशविरुद्ध एकदिवसीय खेल खेलेका थिए । सन् २००७ मा उनी टेस्ट टोलीमा परे । उनले टेस्टमा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । उनले सन् २०२२ को २४ जुलाईमा श्रीलंकाविरुद्ध नै आफ्नो अन्तिम टेस्ट खेलेका थिए । सन् २००७ मै उनले केन्याविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्युको अवसर पाए । अन्तर्राष्ट्रिय टी–२० खेलमा उनी तीन वर्ष मात्र टोलीमा सहभागी भए । न्युजिल्यान्डविरुद्ध उनले अन्तिमपटक पाकिस्तानी टोलीबाट टी–२० खेलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)