फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो
barnanmedia.com · Thu Oct 01 14:02:37 GMT 2026

पोखरा महानगरपालिकाले अधेरीकुनादेखि फेवातालसम्म बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउने कार्य पुनः थालिएको गरेको छ ।
फिर्के खोलाको खोलाघरभित्र निर्माण भएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले आफैँ हटाउने भनी महानगरपालिका समक्ष मौखिक सहमति जनाए पनि सहमतिअनुसार संरचना नहटाएपछि महानगरपालिकाले आजदेखि हटाउने कार्य अगाडि बढाएको हो । महानगरपालिकाले फिर्के खोलाको संरक्षण, विकास तथा सम्वर्द्धन गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानअन्तर्गत गत जेठ १० गतेदेखि खोलाघरभित्रका संरचना हटाउने कार्य अघि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)