कप्तान रोहितले हाने ओमानविरुद्ध अर्धशतक
onlinekhabar.com · Wed Sep 18 17:39:42 UTC 2024
२ असोज, काठमाडौं – नेपालका कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । रोहितले ६४ बलमा २ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।
किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३८ ओभरमा ४ विकेट गुमाउँदै १२६ रन बनाएको छ । रोहित पौडेल ६७ बलमा २ चौका र ४ छक्कासहित ५८ रनमा क्रिजमा छन् । आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)