करार चिकित्सक र स्वास्थ्यकर्मीले गरे चरणबद्ध आन्दोलनको घोषणा
ratopati.com · Thu Oct 01 14:18:44 GMT 2026

काठमाडौँ। छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रोत्साहन भत्ता, समान सेवा-सुविधा र अन्य जायज मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
'छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्घर्ष समिति, कर्णाली प्रदेश'ले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पटक-पटक ध्यानाकर्षण गराउँदा र दिएको २४ घण्टे समयसीमा सकिँदा पनि सम्बन्धित निकायले ठोस निर्णय नगरेकाले आन्दोलनमा उत्रन बाध्य भएको जनाएको छ। संयोजक डा. विशाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना जायज मागहरू समयमै सम्बोधन गर्न नेपाल सरकार र सरोकारवाला निकायसँग माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)