मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीलाई चौथो पटक विश्वासको मत

ekantipur.com · Tue May 21 00:25:42 UTC 2024

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी सम्हालेको १७ महिना नबित्दै चौथो पटक संसद्बाट विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधका बीच सोमबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित कांग्रेसले वेल घेराउ गर्दै आएको छ ।

कांग्रेसले नाराबाजी गरिरहेकै बेला प्रधानमन्त्री दाहालले विश्वासको मत माग्न प्रतिनिधिसभा बैठकमा प्रस्ताव राखेका थिए । सोमबार बिहान ११ बजे बोलाइएको संसद् बैठकमा प्रमुख प्रतिपक्षले वेल घेराउ गर्दै नाराबाजी थालेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो । दोस्रो बैठक बस्नु पहिल्यै प्रतिनिधिसभामा ठूलो संख्यामा मर्यादापालक परिचालन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)