नापी कार्यालय कलंकीका सर्भेक्षकविरुद्ध चार करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Thu Oct 01 14:24:54 GMT 2026

नापी कार्यालय कलंकी, काठमाडौँका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध चार करोड ७४ लाख ४६ हजार ८१३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठ सार्वजनिक पदमा नियुक्ति हुनुभएको मिति २०५३ साउन २७ गतेदेखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज तथा निजको एकाघर परिवार, सगोलमा रहेका व्यक्तिहरुको आम्दानी तथा खर्चको गणना गरी विश्लेषण गर्दा सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक, तलब, रकम, भत्ता, जग्गा बिक्री, आय, निजको छोरीले प्राप्त गरेको पारिश्रमिक आय, ऋण सापटीबाट प्राप्त वैधनिक आय कुल सात करोड ७५ लाख ७८ हजार ८४० रुपियाँ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)