मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनमतलाई सरकारमा फर्काउन गृहकार्य

ekantipur.com · Sat Jun 10 00:45:55 GMT 2023

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सिट भएको जनमत पार्टीलाई सरकारमा ल्याउन गृहकार्य थालेका छन् । संसद्मा प्रस्तुत बजेट पारित भएलगत्तै जनमतलाई भनेअनुसार मन्त्रालय दिएर सरकारमा फर्काउने दाहालको तयारी छ ।

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारसँग माओवादी र जनमतको खटपट परिरहेका बेला दाहालले जनमतलाई संघीय सरकारमा ल्याउन खोजेका हुन् । पुसमा अब्दुल खानलाई खानेपानीमन्त्री बनाएर सरकारमा सहभागी जनमत अर्को पटक मन्त्रिपरिषद् विस्तारमा उद्योग मन्त्रालय नपाएपछि बाहिरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)