अछाममा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो
nepalghatana.com · Sun May 16 16:41:32 GMT 2021
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अछाम जिल्लामा जारी निषेधाज्ञा थप १० दिन लम्बिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र अछामको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सुरु भई जेठ १२ गते राति १२ बजेसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो । पछिल्लो केही दिन यता जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्नुका साथै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढेपछि निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी मल्लको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)