कमजोर आर्थिक सुशासनकै निरन्तरता !
rajdhanidaily.com · Sun Jan 30 23:13:39 GMT 2022
हामीकहाँ भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासनको स्थिति निकै नाजुक देखिन्छ । भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले अघिल्लो साता सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा नेपालको स्थिति गत वर्षहरूमा भन्दा खासै फरक देखिएन । विगतभन्दा सुधार देखिएन । सो संस्थाले १ सय ८० देशमा गरेको सर्वेक्षणमा नेपालले १०० पूर्णांकमा जम्मा ३३ अंक प्राप्त गरेको छ । यो आर्थिक सुशासनमा अनुत्तीर्ण भएको सूचांक हो । उत्तीर्ण हुन कम्तीमा ५० अंक ल्याउनुपर्ने प्रावधान सो संस्थाले राखेको छ । यो स्थिति गत वर्षकै जस्तो हो । नेपालले गत वर्ष पनि ३३ अंक नै पाएको थियो । गृहयुद्धको सामना गरिरहेको दक्षिण सुडानमा भने अत्यधिक भ्रष्टाचार हुने ठहर सो संस्थाको प्रतिवेदनमा देखाइएको छ । यसविपरीत डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डमा भने उच्च सुशासनको स्थिति देखाइएको छ । उत्तरी छिमेकी चीन ४५ अंकसहित ६६औं स्थानमा र दक्षिणी छिमेकी भारत ४० अंकसहित ५०औं स्थानमा हुँदा हाम्रो अवस्था भने ३३ अंकसहित ११७औं स्थानमा देखिन्छ । यो अवस्थाले नेपाल भ्रष्टाचारका मामलामा अग्रणी भएको पुष्टि गर्छ ।
उस्तै अवस्था
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)