निजी विद्यालयलाई गुठीमा रुपान्तरण गर्ने सरकारको प्रस्ताव
farakdhar.com · Tue Aug 01 17:08:12 GMT 2023
नेपाल सरकारले संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा निजी लगानीका विद्यालयलाई सार्वजनिक गुठीमा रुपान्तरण गर्न प्रोत्साहन गरिएको छ ।
आजको मन्त्रिपरिषद्बाट पारित सो विधेयकमा ‘ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठीअन्तर्गत स्थापना र सञ्चालन हुन सक्ने’ उल्लेख भएको जनाइएको छ । ‘ऐन प्रारम्भ हुनुभन्दा अघि प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भएका विद्यालय सार्वजनिक वा निजी गुठीको रुपमा र निजी गुठीको रुपमा स्थापना भई सञ्चालनमा रहेका विद्यालयलाई सार्वजनिक शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिनेछ ।’ विधेयकको मस्यौदामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)