उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कांग्रेसको परिपत्र
pahilopost.com · Mon Aug 29 16:51:27 GMT 2022
काठमाडौंः नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा आर्थिक लेनदेन नगर्न मातहतका कार्यसमितिलाई परिपत्र गरेको छ। कतिपय जिल्लाहरुमा रकम लेनदेनको जानकारी प्राप्त भएको भन्दै परिपत्र गरिएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार मातहतका सबै कार्यसमितिलाई परिपत्र गरेका हुन्।
पौडेलले सबै प्रदेशका प्रदेश कार्यसमिति, जिल्ला सभापति, प्रतिनिधि सभाको क्षेत्रीय कार्यसमिति तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका नाममा परिपत्र गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)