मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

lokaantar.com

भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएपछि चीनबाट आयात गरिएका सामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित न्हेचुङ भन्सारमा रोकिएका छन्।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भन्सार यार्डमा रहेका करिब ९० प्रतिशत कन्टेनरको जाँचपास भइसके पनि सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ पठाउन सकिएको छैन। बाँकी कन्टेनरको जाँचपास पनि दुई दिनभित्र सकिने उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)