हत्या आरोपमा कैलालीबाट चार जना पक्राउ
shilapatra.com · Fri May 28 16:50:12 GMT 2021
कैलालीमा प्रतीक्षालयमा सुतिरहेका व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका बसपार्क क्षेत्रबाट उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकका १८ वर्षीय दीपेन्द्र भन्ने दिपान्सु पौडेल, घोडाघोडी नगरपालिका-१ का १८ वर्षीय युवराज शाही, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका- ३ बस्ने १९ वर्षीय प्रविण ऐर र डोटीको पूर्वीचौकी गाउँपालिका-४ का २० अनिल कुवँर रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)