वैशाख ७ मा राष्ट्रिय याक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय
ratopati.com · Wed Sep 18 19:19:00 UTC 2024

काठमाडौँ । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यससम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए। याक तथा चौरीको संरक्षण एंव राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस मनाउने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)