मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय
barnanmedia.com · Sat Dec 27 21:15:00 GMT 2025

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भए पछि १५ वर्षको जेल सजाय सुनाइएको छ । क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको अल जजिराले जनाएको छ ।
नाजिबलाई राज्य लगानी कोष १– मलेसिया डेभलपमेन्ट बरहाद (१–एमडिबी) बाट अवैध रूपमा २.२ अर्ब मलेसियन रिङ्गिट (करिब ५४ करोड ३० लाख अमेरिकी डलर) आफ्नो व्यक्तिगत बैंक खातामा हस्तान्तरण गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ । अदालतले उहाँलाई शक्तिको दुरुपयोग गरेको चार वटा आरोप र सम्पति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)