अल्गोरिदम: साम्राज्यवादको नयाँ रूप
nagariknews.nagariknetwork.com · Mon Jun 29 04:50:57 GMT 2026

कार्ल मार्क्सले जब आफ्नो राजनीतिक अर्थशास्त्रको सिद्धान्तमा ‘आर्थिक आधार’ र ‘उपरिसंरचना’को जग खनेका थिए, उनको त्यो आर्थिक उपरिसंरचना भत्काउनुपर्छ वा त्यसको आमूल परिवर्तन गर्नुपर्छ भन्ने विचारले विश्वभरि नयाँ तरंग पैदा ग¥यो। त्यो विचारले पुँजीवादीहरूलाई नयाँ चरणमा जान बाध्य गरायो। यसलाई अझ यसरी भनौं– सबै उत्पादनका साधनहरू भौतिक र दृश्यमान थिए, जस्तै कारखानाका मेसिन, भूमि, सेना, कानुन, राज्यका नोकरसाही संयन्त्र तथा राज्यका संरचनामा पुँजीवादीहरूको आधिपत्य थियो। शताब्दीयौंसम्म पुँजीवादले यिनै भौतिक संरचनाहरूमार्फत श्रमको शोषण र मानव चेतनाको नियन्त्रण गरिरह्यो। एक्काइसौं शताब्दीको यो तेस्रो दशकसम्म आइपुग्दा पुँजीवादले आफ्नो रूपलाई यति अभौतिक र सूक्ष्म बनाएको छ कि अब यसलाई चिन्न पुरानो विचार र चस्मा मात्र पर्याप्त हुँदैन। आजको नवउदारवादी विश्व पुँजीवादले मानिसको भौतिक शरीरलाई बन्दी बनाउन छाडेर सिधै उसको मगज र चेतनामाथि शासन गर्न आइपुगेको छ। यो नयाँ साम्राज्यको सबैभन्दा घातक र अदृश्य हतियार हो– अल्गोरिदम।
साम्राज्यवादको नयाँ रूप अल्गोरिदम के हो त ? के यो वास्तवमै घातक नै हो ? आज यी दुई कुरामा केन्द्रित हुँदै राजनीतिक आन्दोलनलाई यसले दुस्मनका रूपमा कसरी हेर्छ भन्नेदेखि युवाको सिर्जनशीलता र संघर्षशील क्षमतालाई कसरी निस्तेज गर्छ भन्ने कुरामा केन्द्रित हुन्छौं।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)