मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तह निर्वाचन : सबैभन्दा बढी दल काठमाडौंमा, कम मनाङ र मुस्ताङमा  

nepallive.com · Tue Mar 29 00:17:00 GMT 2022

काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंमा ४६ दल सहभागी हुने भएका छन्। सोमबार आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दलबाहेक ४० दलले निर्वाचनमा भाग लिने जानकारी दिएका हुन्। राष्ट्रिय छ दलसहित काठमाडौंमा ४६ दलले निर्वाचनमा भाग लिने भएका हुन्।

यसैगरी, सबैभन्दा कम दल मनाङ र मुस्ताङमा रहेका छन् । प्रवक्ता पौडेलका अनुसार मनाङ र मुस्ताङमा राष्ट्रिय दलबाहेक पाँच÷पाँच दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)