महाराष्ट्रको दिवेआगर समुद्र तटमा डुबेर ८ विद्यार्थीको मृत्यु
ratopati.com · Thu Oct 01 17:31:25 GMT 2026

काठमाडौँ । भारतको महाराष्ट्रस्थित रायगढ जिल्लाको दिवेआगर समुद्र तटमा भएको एक दुर्घटनामा ८ जना विद्यार्थीको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी उपरीक्षक (एसपी) कार्यालयका अनुसार, पुणेको आलन्दीस्थित ‘विनर्स एकेडेमी’ बाट पिकनिक तथा शैक्षिक भ्रमणका लागि दिवेआगर पुगेको समूह उक्त दुर्घटनामा परेको हो । समाचार एजेन्सी एएनआईका अनुसार सो समूहमा २५ छात्र, १७ छात्रा र ६ जना शिक्षक गरी कुल ४८ जना रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)