मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वाफ वुमेन्स च्याम्पियनसिप : नेपालले आज सिरियाको सामना गर्दै

ekantipur.com · Tue Feb 20 00:53:28 GMT 2024

काठमाडौँ — साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनसिप २०२४ मा मंगलबार नेपालले सिरियाको सामना गर्दैछ । समूह ‘बी’ को खेल जित्दै नेपाल विजयी सुरुआत लिन चाहनेछ । खेल किङ अब्दुल्लाह स्पोर्टस सिटीमा नेपाली समयअनुसार ७.४५ मा सुरु हुनेछ ।

त्यसपछि यसै समूहको खेलमा प्यालेस्टाइन र इराक भिड्ने छन् । नेपालले पहिलो पटक प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा खेल्दैछ र उसले टिमको उद्देश्य उपाधि जित्नु नै रहेको बताएका छन् ।उनले प्रि–म्याच कन्फ्रेन्समा आफ्नो टिमले तयारीका लागि पर्याप्त समय नभए पनि टिम आफैमा अनुभवी र राम्रो रहेको बताएका छन् । नेपाली महिला राष्ट्रिय टिमले सिरियाको सामना गर्न लागेको यो पहिलो पटक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)