फुसका छाना भएको घरमा तरकारी ओरिइँदा उत्पन्न झिल्काले पनि आगलागी गराउने अवस्था छ : प्रधानमन्त्री ओली
pahilopost.com · Fri Apr 09 01:01:46 GMT 2021
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला डढेलो सर्वाधिक चिन्ताको विषय भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विपद् जोखिम न्यूनिकण तथा व्यवस्थापन राष्टिय परिषदको पाँचौ बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यति धेरै ठाउँमा डढेलो लाग्नु प्राकृतिकमात्र नभइ मानवीय कारणसमेत रहेको बताए।
कतिपय स्थानमा केटाकेटीले खेल्ने क्रममा समेत आगो लगाउने गरेको पाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगलागी जस्तै बाढीपहिरोको प्रकोप आउने समयमा जनताबीच सचेतना अभियान लैजानुपर्ने बताए। ‘बाढीको मौसम छ भने बाढीसम्बन्धी सचतना अभियान, आँधी हुरीसम्बन्धी समयमा त्यसै सम्बन्धी अभियान जस्ता कुरा चलाउनु जरुरी छ’, प्रधानमन्त्रीको भनाई थियो। त्यस्ता बेला विपद निवारणका लागि खडा गरिएका निकायहरु बढी सक्रिय हुनुपर्ने ओलीद्ये बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)