मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी महाधिवेशन प्रतिनिधिमा चयन भएनन्, ‘त्याग गरेको’ दाबी

ratopati.com · Thu Oct 01 18:00:08 GMT 2026

वीरगन्ज। नेपाली कांग्रेस पर्साका पूर्वसभापति एवं पूर्वसांसद अजय द्विवेदी पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुन सकेनन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनबाट पर्सा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि छनोट हुँदा उनको नाम समावेश नभएको हो ।

पर्सा कांग्रेसका अनुसार तीन दिनअगाडि पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधिहरूबिच भएको सहमति र भागबन्डाका आधारमा प्रतिनिधि छनोट गरिँदा द्विवेदीको नाम समावेश नगरिएको हो । सोही क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका पूर्वक्षेत्रीय सभापति अरबिन्द गुप्ताले अन्य कार्यकर्ताहरूलाई अवसर दिनुपर्ने भएका कारण द्विवेदी स्वयंले प्रतिनिधि बन्न अस्वीकार गरेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)