मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने कारबाहीमा

ratopati.com · Thu Oct 01 18:30:00 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ ।

सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभाबी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)