महासमिति बैठकमा बेमौसमी बाजा
ekantipur.com · Mon Feb 26 00:43:05 GMT 2024
राजनीतिक दुश्चक्रका कारण नेपाल एसियाकै गरिब राष्ट्र बन्न पुगेपछि स्वाभिमानी नेपालीको शिर निहुरिएको छ भने सहरदेखि गाउँसम्मका जनताको समृद्धि सपना चकनाचुर भएको छ । तथापि हामीसँग ठूला राजनीतिक दलबाट विकासको आशा राख्नुको विकल्प पनि छैन ।
बैठकका महत्त्वपूर्ण तीन दिन महामन्त्री गगन थापा र पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबीच दोहोरीमा सीमित रहन पुग्यो । यसपछि हुने प्रतिनिधिसभालगायत अन्य निर्वाचनमा कांग्रेसले दलीय गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रनुपर्ने भन्ने महामन्त्री थापाको प्रस्तावलाई महासमितिले पारित पनि गरिसकेको छ । तथापि चार वर्षपछिको चुनावको विषयलाई लिएर मुलुककै ठूलो र जिम्मेवार दलमा चार दिनसम्म रस्साकसी चल्नु मुलुकको बहुआयामिक विकासको विपरीत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)