सद्भाव कायम गरौँ : धार्मिक अगुवा
barnanmedia.com · Sat Aug 01 00:07:29 GMT 2026

धार्मिक अगुवाले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शुक्रबार छलफल गरेपछि अगुवाले धार्मिक हिंसा भड्कन नदिई सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको हो । सभापति लामिछानेले धार्मिक हिंसा रोकी सामाजिक सद्भाव कायम राख्न देखाएको गम्भीरताबाट आफूहरू प्रभावित भएको धार्मिक अगुवाले बताउनुभयो ।
सुनसरी हुँदै तराई/मधेशमा धार्मिक हिंसा एवं सामाजिक सद्भाव नभड्काउन विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासङ्घ, नेपालका सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले संयुक्त अपिल गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)